हार्दिक शुभकामना!!!

January 04, 2021

 

मिति:२०७७/०८/०५

स्वतन्त्र र सक्षम न्याय प्रणाली स्थापना गर्न एकतन्त्रीअधिनायकवादी बिचार, ब्यवस्था र प्रबृत्तिका बिरुद्ध बिधिको शासन तथा लोकतान्त्रीक प्रणालीको स्थापनामा सतत प्रयत्नशील रहने उद्धेश्य राख्दै राष्ट्रिषयता, लोकतान्त्रिक समाजवादका मूल्य मान्यता तथा प्रक्रिया एवं मानव अधिकार, कानूनको शासन र सामाजिक न्यायको सिद्धान्त प्रति प्रतिबद्ध लोकतन्त्रबादी कानून ब्यवसायीहरुको साझा प्रतिनिधी संस्थाको रुपमा स्थापित यस नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनले सबै लोकतन्त्रवादी कानून व्यवसायीहरूलाई एकतावद्ध एवम् विधान र संगठनका प्रति पूर्ण आस्थावान रही मानव अधिकार , विधिको शासन , स्वतन्त्र न्यायपालीका र सम्पुर्ण कानून व्यवसायीको पेशागत हकहित र अधिकार, सगठनिक एकवद्धताका लागि अनवरत रुपमा क्रियाशिल यस संस्था आज ३१औ बर्षमा प्रबेस गरेको छ।

आफनो स्थापना कालदेखिनै लोकतन्त्रलाई सस्थागत गर्दे सांगठनिक मुल्य र मान्यता लाई नैतिक आर्दशको रुपमा स्थापित गर्न सफल यस सस्थालाई यहाँ सम्म पुराउन सहयोग गर्नुहुने सस्थाका संस्थपक तथाअग्रजज्युहरु र सम्पुर्ण सदस्यहरु प्रति यस सस्था हार्दिक आभार व्यक्त गर्न चाहान्छ ।

सदाझै यस संस्थाले आफ्नो बर्शिकि जन्मोत्सव भब्यताको साथ मनाउदै आयकोमा यस बर्ष कोभिडका कारण सस्थाले सम्पुुर्ण सदस्यहरुलाई आमन्त्रण गरि आफ्नो जन्मोत्सव कार्यक्रम गर्न असमर्थ भएको हुनाले यस नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन क्षमा याचना गर्दछ। सस्थाको सस्थागत मर्यादा, मानव अधिकार , विधिको शासन, व्यवसायीक मर्यादा , स्वतन्त्र र सक्षम न्यायपालीका यस सस्थाको मुल मर्म र आर्दश भएकोले यसलाई अक्षुण राख्दै आगामि दिनमा अझ बढि संगठित र सुदृढ राख्न यस संस्था संग आवद्ध सम्पुर्ण सदस्यहरु एकवद्ध भई अगाडि वढन् प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्न चाहान्छ।

लक्ष्मीदेवी दाहाल रावल

महासचिव